images
images
  • घाँस काट्न गएका सासु–बुहारीको बाघको आक्रमणबाट मृत्यु

    पोखरा । नवलपुरमा बाघको आक्रमणमा परि दुईजनाको मृत्यु भएको छ ।

    घाँस दाउरा लिन आइतवार दिउँसो जंगल गएका उनिहरू अवेरसम्म पनि घर नफर्केपछि खोजी गर्ने क्रममा बाघको आक्रमणमा परेको अवस्थामा भेटिएको थियो । साथीहरुसँग घाँस काट्न गएका उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा सासु ५९ वर्षकी मनादेवी पौडेल र बुहारी २८ वर्षकी बिष्णु पौडेल छन् । घटनामा थप अनुसन्धान भैरहेको नवलपुर प्रहरीले जनाएको छ ।

    गाउँले र प्रहरीको सहयोगमा राती खोजी गर्ने क्रममा उनीहरुको शव सडकबाट एक किलोमिटर भित्र विनयी सामुदायीक वनमा फेला परेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images