images
images
  • बीएन्डसीको सम्बन्धनविरुद्ध प्रदर्शन गर्ने ६ पक्राउ

    काठमाडौं । सरकारले दुर्गा प्रसाईं सञ्चालक रहेको झापास्थित बीएन्डसी मेडिकल कलेजलाई अवैध रुपमा सम्बन्धन दिन लागेको भन्दै प्रदर्शनमा उत्रिएका ६ युवा पक्राउ परेका छन् ।

    डा. गोविन्द केसी एलायन्सका ६ जना युवा प्रकाउ परेका हुन् । बिहीबार माइतीघरमा प्रदर्शन गर्न पुगेका सोलिडारिटी फर डा. केसी एलायन्सका छिरिङ तामाङ, सचिन तिमल्सेना, लोकेश कुँवर, चेतन बुढाथोकी, साजन तामाङ र शशिविक्रम कार्की पक्राउ परेका हुन् ।
    मेडिकल शिक्षा तथा सेवामा सुधारका लागि पटक–पटक सत्याग्रह गर्दैै आएका अभियन्ता डा. केसीले बीएन्डसीलाई जबर्जस्ती सम्बन्धन दिने प्रक्रिया अघि बढाइए फेरि सत्याग्रह गर्ने घोषणा गरिसकेका छन् ।

    अहिले उनी द्वन्द्वग्रस्त मुलुक यमनमा स्वयंसेवामा खटिएका छन् । केसीले भनेका छन्, ‘चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुको अडानविपरीत जबर्जस्ती अवैध सम्बन्धनको प्रक्रिया अघि बढाइयो भने म नेपाल फर्कनासाथ त्यस्तो हर्कतविरुद्ध सत्याग्रह सुरु गर्ने जानकारी गराउन चाहन्छु ।’

    उनले विज्ञप्ति जारी गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग सरकारले विगतम गरेका सहमतिहरु तोडेर जबर्जस्ती सम्बन्धन दिन लागेको उल्लेख गरेका छन् । उनले बीएन्डसीका संचालकले आफ्नो समूहका सदस्यलाई धम्की दिएको भन्दै त्यसको भर्त्सना समेत गरेका छन् ।

    प्रत्येक प्रदेशमा एक सरकारी मेडिकल कलेज खोल्ने भनी आफूसँग भएको सम्झौता पूरा गर्नुको सट्टा प्रधानमन्त्री ओलीले त्यसमा बाधा उत्पन्न गरेको र आफू नजिकका मान्छेको फाइदा हेरेर महंगो शूल्क लिने निजी मेडिकल कलेजलाई प्रश्रय दिएको आरोप डा.केसीले लगाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images