२९ जेष्ठ २०७८, शनिबार   |  June 12, 2021
advertisement of bishwo khabr
Tika Gurung

अफगानिस्तानमा १० सफाइ कर्मचारीको गोली हानी हत्या, दर्जनभन्दा बढी घाइते

अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहारपछि ९ जनाको मृत्यु, धेरै घाइते

काठमाडौं । अफगानिस्तानमा बन्दुकधारीको आक्रमणबाट १० जनाको मृत्यु भएको छ ।उत्तरी अफगानिस्तानको बगलानस्थित एक ट्रस्टमा कार्यरत सफाइ कर्मचारीमाथि नकाबधारीहरुले गोली प्रहार गरी हत्या गरेका हुन् ।

घटनामा एक दर्जनभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।अफगानी अधिकारीहरुले तालिवानीलाई आरोप लगाएपनि इस्लामिक स्टेट ९आइएस० ले सो घटनाको जिम्मेवारी लिएको बताइएको छ ।

अफगानिस्तानमा गत मे १ देखि अमेरिकी सेना फिर्ता भएसँगै हिंसाका घटनाहरु फेरि बढ्न थालेका छन् ।अफगान सरकार र विद्रोही तालिवानबीच शान्ति वार्ता अघि बढ्न नसकिरहेका बेला अमेरिकी सेनाको बर्हिगमनसँगै हिंसाका घटनाहरु बढ्न थालेपछि सरकारी अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

बन्दुकधारीले स्थानीय अल्पसंख्यक समुदाय हजारामाथि आक्रमण गरेको बताइएको छ । अफगानिस्तानमा हजारा तेस्रो ठूलो अल्पसंख्य समुदाय हो । हालैका वर्षहरुमा उनीहरुले आईएस, तालिवानी समूहको अपहरण र हत्याको सामना गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n