images
images
  • हमासले पहिलो चरणमा बन्धक मुक्त गर्ने ३३ जनाकाे सूचीमा छैन विपिनको नाम, अवस्था अझै पनि अज्ञात !

    काठमाडौं – हमास-इजरायल युद्धविराम लगत्तै बन्धक मुक्त हुन लागेका ३३ जनाको सूचीमा नेपालका बिपिन जोशीको नाम नअटाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    सम्झौताको पहिलो चरणअन्तर्गत हमास नियन्त्रणबाट मुक्त हुने ३३ बन्धकको सूची सार्वजनिक भएको छ । यो सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम नदेखिको छैन ।

    सम्झौताअनुसार नै आइतबार तीन महिला बन्धक रिहा गर्ने हमासको घोषणासँगै युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ । सो सम्झौताअन्तर्गत पहिलो चरणमा इजरायलले तत्काल रिहा गर्नुपर्ने ३३ जनाको सूची हमासलाई बुझाएको थियो भने हमासले रिहाइको प्रतिबद्धता जनाएको थियो ।

    पाँच दिनअघि १५ जनवरी २०२५ मा कतार, अमेरिका र इजिप्टको प्रयासमा इजरायल र प्यालेस्टायनबीच युद्धविराम सम्झौता भएको थियो ।

    आइतबार बिहान ६ बजेबाट युद्धविराम सम्झौता कार्यान्वयनमा जाने भनिए पनि हमासको तर्फबाट रिहा गरिने बन्धकहरूको नाम उपलब्ध गराउन ढिलाइ भएपछि इजरायलले गाजामा आक्रमण गरेको थियो ।

    त्यसको केहीपछि हमासले तीन बन्धक रिहा गर्न लागेको सार्वजनिक गर्‍यो भने इजरायलले पनि युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको घोषणा गर्‍यो ।

    युद्धविरामको पहिलो चरणअन्तर्गत आगामी ६ साताको अवधिमा हमासले ती ३३ बन्दीको रिहाइ गर्ने जनाएको छ । तर, त्यो सूचीमा नेपाली नागरिक विपिनको नाम समावेश गरिएको छैन ।

    अध्ययनको शिलशिलामा इजरायलमा रहेका विपिनलाई ७ अक्टोबर २०२३ मा हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएको थियो । त्यसयता उनको अवस्था अज्ञात छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images