images
images
  • कर्णाली प्रदेशसभा अधिवेशनमा बुधबारको बैठक पनि प्रतिपक्षद्वारा अबरुद्ध


    सुर्खेत। कर्णाली प्रदेशसभाको आठौँ अधिवेशनको तेस्रो बैठक पनि प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्घ गरेको छ । फौजदारी अभियोग लागेका भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापालाई बर्खास्त नगरेसम्म संसद चल्न नदिने अडान एमालेले लिएको छ ।

    मंगलबार बैठक नै नबसेर सुचना टाँस गरी स्थगित गरिएको थियो । आजपनि एमाले संसदीय दलका नेता यामलाल कँडेलले सुरुमै मुख्यमन्त्री महेन्द्रबहादुर शाही बैठकमा सहभागी नभएको भन्दै आक्रोश पोखे । प्रदेशसभाको बैठक सोमबार दिउँसो २ बजे र बेलुका ५ बजे बसेको थियो।

    पहिलो बैठकमा प्रारम्भमै एमाले कँडेलले फौजदारी अभियोग लागेका व्यक्तिलाई प्रदेश सरकारको मन्त्रीमा राखेकामा आक्रोश पाखेका थिए। दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने बताएका थिए।

    सोही अनुसार आज पनि प्रतिपक्षले सदन चल्न नदिएपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि बैठक स्थगित गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images