images
images
  • सिक्किमको टिस्टा नदीमा अचानक बाढी, २३ भारतीय सैनिक बेपत्ता

    गान्तोक- पूर्वोत्तर भारतीय राज्य सिकिम्ममा टिस्टा नदीमा अचानक ठूलो बाढी आएपछि २३ जना भारतीय सैनिक बेपत्ता भएका छन्।

    टाइम्स अफ इन्डियाका अनुसार लाचेन उपत्यका क्षेत्रमा बुधबार अचानक नदीको सतह ह्वात्तै बढेको हो।चुंगथाङ ड्यामबाट ठूलो मात्रामा पानी निकास भएपछि नदीमा बाढी आएको हो।

    ड्याम रहेको क्षेत्रमा क्लाउड ब्रस्ट भएको बताइएको छ।ड्यामको पानी नदीमा आएपछि नदीको सतह २० फिटसम्म बढेको छ। बाढीले सडक बगाएको छ भने अरू भौतिक संरचनामा पनि क्षति पु¥याएको छ।

    टिस्टामा पानीको सतह बढेका भारतका तल्लो तटीय राज्यहरू र बंगलादेशमा पनि बाढी अलर्ट जारी गरिएको छ। एजेन्सी

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images