images
images
  • प्रधान सेनापति ट्रफीमा निर्मला र अर्जुन पाँच किलोमिटर दौडमा प्रथम

    काठमाडौं – प्रधान सेनापति अशोकराज सिग्देलले लगनखेलस्थित खेल मैदानमा आयोजित प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिताको आज उद्घाटन गर्नुभएको छ ।

    नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीको पहिचान गरी उनीहरूको सीप विकास गर्ने तथा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेलाडी तयार गर्ने उद्देश्यले २०६५ सालदेखि प्रधान सेनापति ट्रफी प्रतियोगिता आयोजना हुँदै आएको छ ।

    यस वर्षको प्रतियोगितामा एथलेटिक्स, पौडी, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडो गरी आठ विधा समावेश गरिएको छ । प्रतियोगितामा नेपाली सेनाका पृतना तथा बाहिनीका १४ टोली सहभागी छन् ।

    प्रतियोगिताअन्तर्गत आज भएको पाँच किलोमिटर दौडमा महिलातर्फ मध्यपूर्वी पृतनाकी प्यूठ निर्मला केसी र पुरुषतर्फ उत्तरपश्चिम पृतनाका सिपाही अर्जुन बुढा प्रथम हुनुभएको छ । प्रथम भएका केसी र बुढालाई प्रधान सेनापति सिग्देलले पुरस्कार वितरण गरेका थिए।

    उद्घाटन समारोहमा नेपाली सेनाका रथीवृन्द, अधिकृत, निर्णायक मण्डल तथा खेलाडीहरूको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images