काठमाडौं – बाढी तथा पहिरोबाट प्रभावित बागलुङको निसीखोला गाउँपालिका–४ झिवाखोलामा नेपाली सेनाको हेलिकप्टरमार्फत राहत सामग्री पठाइएको छ ।
पहिलो चरणमा प्रभावित परिवारका लागि २० बोरा चामल, एक बोरा चिउरा, १० कार्टुन चाउचाउ, १८ वटा त्रिपाल, १८ वटा म्याट्रेस, ३९ वटा ब्लाङ्केट र ३५ वटा कम्बल पठाइएको हो ।
निसीखोलामा आइतबार आएको बाढी तथा पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ भने १५ भन्दा बढी घरमा क्षति पुगेको छ ।
प्रभावित क्षेत्रमा उद्धार तथा राहतको आवश्यकता रहेकाले थप राहत सामग्री पठाउने तयारी भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















