चैनपुर- बझाङमा गएको भूकम्पका कारण १३ जना घाइते भएका छन् ।
जिल्लाका विभिन्न स्थानीय तहमा गरी १३ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी प्रमुख डीएसपी भरतबहादुर शाहले जानकारी दिए । उनीहरुको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको उनले बताए ।
भूकम्पका कारण जिल्लाका २० भन्दा बढी संरचना भत्किएका छन् ।
बझाङलाई केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्यूडको भूकम्प गएको २६ मिनेटमै अर्को ठूलो भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा दोस्रोपटक ६.३ म्याग्निच्यूडको भूकम्प गएको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















