images
images
  • एमाले कर्णाली प्रदेश अधिवेशनः मतगणना स्थलबाहिर तोडफोड

    सुर्खेत- कर्णाली प्रदेश एमालेको मत गणना स्थल सिटी हलमा तोड्फोडक भएको छ ।

    निर्वाचन समिति लांचार भएको र आफूहरुलाई प्रवेशमा रोक लगाएको भन्दै मत गणनास्थलमा पार्टीका कार्यकर्ताहरुले तोडफेड गरेका छन्। तोड्फोडका कारण मत गणनास्थल सिटी हलको सिसाहरु फुटेको छन्।

    विद्यार्थीको यूवा नेताहरुको समूहले भित्र छिर्न नदिएको भन्दै आक्रोशित हुँदा तोडफोड गरेका हुन्।

    समय मतगणनास्थल बाहिर तनावग्रस्त हुँदा मत गणना प्रभावित भएपनि अहिले मतगणना भईरहेको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images