images
images
  • काठमाडौं महानगर र ईः का प्रतिनिधिबीच वार्ता सुरु, बालेन र अभियन्ता इ: दुबै अनुपस्थित

    काठमाडौं- साना सडक व्यवसायीलाई विकल्पसहितको व्यवस्थापन गर्न माग गर्दै ८ दिनदेखि प्रदर्शनरत अभियन्ता ईः र काठमाडौं महानगरबीच वार्ता सुरु भएको छ । वार्तामा अभियन्ता ईः र मेयर बालेन शाह दुवै सहभागी छैनन् ।

    ईःका तर्फबाट विवेकशील अभियानका सहसंस्थापक गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र शहरी पूर्वाधार विज्ञ राज महर्जन वार्तामा सहभागी छन् ।

    महानगरपालिकाका तर्फबाट महानगरका प्रवक्ता नवीन मानन्धर, वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख बसन्त आचार्य, कुमार ब्यञ्जनकार र धिरज जोशी सहभागी छन् ।

    सुरुमा ईः आफू स्वयं पनि वार्तामा जाने तयारीमा थिए । तर, महानगरबाट मेयर शाह नआउने भएपछि उनले आफू नगई टोलीलाई छलफलमा पठाउने निर्णय गरेका हुन् ।

    सातौं दिनमा मेयर शाहले प्रदर्शनरत ईः लाई ‘वान टु वान’ वार्ताका लागि भन्दै राष्ट्रियसभा गृह अगाडि दुई कुर्सी राखेर बोलाएका थिए । ईः ले आफ्नो टोली आउने भन्दै केही समय मागेका थिए । तर नगर प्रहरीमार्फत तत्काल आउने भए मात्र वार्ता हुने भन्दै सन्देश पठाइएपनि मेयर र अभियन्ताबीच आरोपप्रत्यारोपको स्थिति सिर्जना भएको थियो ।

    महानगरले मंगलबार भने वार्ता टोली बनाएर औपचारिक वार्ताको प्रस्ताव गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images