images
images
  • भारतको उत्तरप्रदेशमा सवारी दुर्घटना , १७ जनाको मृत्यु

    काठमाडौँ । भारतको उत्तर प्रदेशमा सवारी दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । कानपुरमा गएराति यात्रुबस र लोडर ठोक्किँदा भएको दुर्घटनामा थप १० जना घाइते छन् ।

    भारतीय सञ्चारमाध्यमका अनुसार लखनउबाट दिल्लीका लागि छुटेको बस र लोडर जुधेका हुन् । मृत्यु हुनेहरु धेरैजसो लोडरमा सवार मजदुर छन् । घाइतेको कानपुर र इलाहाबादका अस्पतालमा उपचार भइरहेको छ ।

    दुर्घटनामा मृत्यु हुनेका परिवारलाई प्रदेश सरकारले दुई(दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मृतकका प्रति परिवारलाई दुई(दुई लाख रुपैयाँ दिने र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images