images
images
  • भारत-क्यानडा तनावः क्यानडाद्वारा भारतीय कूटनीतिज्ञ निष्कासन

    काठमाडौं- क्यानडाले एक जना शिख नेताको हत्या आरोपमा भारतका एक जना कूटनीतिज्ञलाई देश निकाला गरेको छ ।

    विदेश मन्त्री मेलनी जोलीले भारतका वरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरिएको जानकारी दिए पनि थप विवरण खुलेको छैन ।

    क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हिजोको संसदमा सम्बोधन गर्दै भारत सरकारका एजेन्टले गएको जुन महिनामा क्यानडाको ब्रिटिश कोलम्बियामा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको टिप्पणी गरेका थिए ।

    साथै उनले भारतमा हालै सम्पन्न जी–२० शिखर सम्मेलनका बेला आफूले यो मुद्दा प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष उठाएको पनि जानकारी दिएका थिए ।

    भारतले क्यानडाको यो आरोपको खण्डन गरेको छ । भारतीय विदेश मन्त्रालयले क्यानडामा कुनै पनि प्रकारको हिंसामा भारत सरकार संलग्न नरहेको दाबी गरेको बीबीसी हिन्दीले जनाएको छ । क्यानडामा भारतीय मूलका १४ ला भन्दा धेरै नागरिक रहेको अनुमान छ । त्यीमध्ये धेरैजसो शिख समुदायका छन् ।

    क्यानडाले भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images