images
images
  • तिजको नाचमा कुटपिट: एक जनाको मृत्यु, ४ पक्राउ

    काठमाडौं- पाल्पामा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–२, घोडेबासका २४ वर्षीय सुनील खत्रीले ज्यान गुमाएका हुन् ।

    घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका २० वर्षीय तिलक पुनसहित चारजनालाई गए राति प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार तिजको नाच भइरहेको स्थानमा खत्री र उनकै साथीहरूबीच झगडा भएको थियो ।

    त्यति बेला कुटपिटबाट गम्भीर घाइते भएका खत्रीको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images