images
images
  • सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।

    आज छापावाल सुन तोलामा एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज तेजाबी सुन तोलामा एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज चाँदी तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images