काठमाडौं- हिमालयन बैंक लिमिटेडले भद्रकाली स्थित सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशनमा बुधबारको दिनदेखि डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंक र सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशन बीच भएको सम्झौता अनुसार पेट्रोल स्टेशनमा आउने सम्पुर्ण ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै उक्त काउन्टर संचालनमा संचालनमा ल्याएको हो ।
रिपुमर्दिनी पेट्रोल स्टेशनमा स्थापना गरिएको सो काउन्टरमा ग्राहकहरुले विभिन्न बैंकको मोबाइल बैंकिङ्ग एपमा रहेको ल्भ्एब्ीएब्थ् त्तच् तथा सबै बैंकबाट जारी भएको एटिएम कार्ड मार्फत एइक् मेसिनबाट सहजै भुक्तानी गर्न सक्नेछन् भने भुक्तानी प्राप्त भए पश्चात् नै भ्वाइस मेसिन तथा क्ःक् मार्फत क्रेता तथा बिक्रेताले भुक्तानी सम्बन्धी जानकारी गराएको छ ।
बैंकका तर्फबाटबैंकका नायव प्रमुख कार्यकारी श्री उज्वल राजभण्डारी तथा सैनिक कल्याणकारी कोषको तर्फबाट कोषका सहायक रथि किरण केसीले एक समारोह बीच बैंक र कोषका अन्य उच्चपदस्थ कर्मचारीहरुको उपस्थितिमा उक्त डिजिटल भुक्तानी काउन्टरको संयुक्तरुपमा उद्घाटन गरिएको थियो ।


विश्व खबर 


















