images
images
  • ४२ अंकले घट्यो सेयर बजार, १३ वटै उपसमूहको सूचक नकारात्मक

    काठमाडौं- सेयर कारोबार साताको पहिलो दिन आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसचक ४२.१४ अंकले घटेर १९६४.९१ विन्दुमा पुगेको हो।

    आज २७८ कम्पनीको ५६ लाख ५९ हजार ४५८ कित्ता सेयर २ अर्ब २८ करोड ४६ लाख ५ हजार ६१० रुपैयाँमा खरिदबिक्री भयो।

    यसदिन एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। शुभम् पावरको सेयर १० प्रतिशतल बढ्यो। कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्षस्थानमा रह्यो।

    सो बैंकको २७ करोड ५४ लाख मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images