images
images
  • एशियन पेन्ट्स नेपालले काठमाडौंमा शुरु गर्‍यो अल्ट्रा लक्जरी होम डेकोर शोरुम ‘ब्युटिफुल होम्स बुटिक’

    ‘काठमाडौं- नेपालकै सबैभन्दा ठूलो पेन्ट तथा डेकोर कम्पनी एशियन पेन्ट्स नेपालले गठ्ठाघर, काठमाडौंमा रहेको अपूर्व इन्टरनेशनल प्रा.लि.मा आफ्नो ःगतिष् बतभचनयचथ डेकोर शोरुम ‘ब्युटिफुल होम्स बुटिक’ संचालनमा ल्याएको छ ।

    ‘एशियन पेन्ट्सको ब्युटिफुल होम्स बुटिक’ ग्राहकहरुलाई अत्याधुनिक प्राविधिकीय एकीकरणका साथ उृत्कृष्ट किनमेलको अनुभव प्रदान गर्न तयार रहेको छ, जुन प्रविधिले ग्राहकहरुलाई उनीहरुको सपनाकोघर निर्माण गर्न डिजाइन, परामर्श र कार्यान्वयनको बारेमा विस्तृत अनुभव प्रदान गर्नेछ ।

    यो स्टोरको उद्घाटन एशियन पेन्ट्स लि.का प्रबन्ध निर्देशक तथा सिइओ श्री अमित सिंगलले गरेका थिए ।

    १६०० वर्ग फिटमा फैलिएको यो नवीन ‘एशियन पेन्ट्सको ब्युटिफुल होम्स बुटिक’ नेपाली ग्राहकहरुका लागि आवश्यक पर्ने सम्पूर्ण डेकोरहरु एकै ठाऊँमा उपलब्ध भएको शोरुम हो । यो शोरुममा फेब्रिक्स र वाल पेपरहरुदेखि सर्वश्रेष्ठ इन्जिनियरिंङ्गका बाथरुम फिटिबहरु र स्यानिटरी सामग्रीहरु, नवीनतम पेन्ट र वाटरप्रुफिब उत्पादनहरु, एवं अग्रगामी प्रविधिहरुको व्यवस्थापन छ जसबाट ग्राहकहरुलेयी प्रोडक्टहरुको अनुभव लिन सक्नुहुन्छ ।

    उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै श्री अमित सिंगलले भने “नेपाल तीव्र गतिमा बढ्दो बजार हो, जहाँ ग्राहकहरुले लक्जरी होम डेकोर उत्पादनहरु, विधिहरु र प्रोत्साहन खोजीरहेका छन्र ग्राहकहरुको यो बढ्दो चाहनालाई सम्बोधन गर्न हामीले ग्राहकहरुको भावना र तिनको घरहरुसंगको गहिरो सम्बन्धलाई सम्मान गर्दै एउटै छाना मुनी सबै प्रकारका होम डेकोर सामानहरु उपलब्ध गराउने चेष्टा गरेका छौं ।”

    एशियन पेन्ट्स र एशियन पेन्ट्स नेपाल १९४२ मा यसको स्थापना भएदेखि, एशियन पेन्ट्सले INR३४,४८ करोड (INR ३४५ बिलियन) को कारोबारको साथ भारतको अग्रणी र एशियाको दोस्रो ठूलो पेन्ट कम्पनी बन्नको सफल भएको छ ।

    एशियन पेन्ट्स १५ वटा देशमा सञ्चालन छ र विश्वमा २७ वटा पेन्ट उत्पादन गर्ने सुविधा छ, जसले ६० भन्दा बढी देशहरूमा उपभोक्ताहरूलाई सेवा दिइरहेको छ ।
    पेन्टहरू बाहेक, एशियन पेन्ट्सले अन्य घर र सम्बद्ध क्षेत्रहरू जस्तै फेब्रिक, वालपेपर, फर्निचर, लाइटिब, UPVC, बाथ फिटिब्स र सेनेटरीवेयर, मोड्युलर किचन र वार्डरोबहरूमा उद्यम गरेको छ।

    एशियन पेन्ट्स नेपालको स्थापना ४ दशकअघि भएको थियो र नेपालमा सिलिकन शिल्ड, हाइड्रोलोक, कलर आइडियाज, सेफ पेन्टिब सेवा, कलर नेक्स्ट र अहिले एशियन पेन्ट्स ब्युटिफुल होम्स स्टोर जस्ता नयाँ उत्पादन र अवधारणाहरू बजारमा प्रस्तुत गर्दै पेन्ट उद्योगमा अग्रणी रहँदै आएको छ । एशियन पेन्ट्सले भित्री र बाहिरी वालहरूको लागि सजावट प्रयोगको लागि पेन्टहरूको विस्तृत श्रृंखला उत्पादन गर्दछ । तिनीहरूको पोर्टफोलियोमा वाटरप्रूफिबको लागि स्मार्ट केयर
    रेन्ज, काठको फिनिसिबका लागि विशेष उत्पादनहरू र बाथ प्रोडक्टहरूको रेन्ज पनि समावेश छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images