काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित अपोलो हस्पिटलस इन्टरप्राईजेज लिमिटेडबीच बैंकका कार्डवाहक ग्राहकलार्य अस्पतालको सेवा शुल्कमा १० प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
अपोलो हस्पिटलस भारतको बिभिन्न ९ स्थानमा रहेका हस्पिटलका नेटवर्कहरुमा यो छुटको व्यवस्था लागू हुने छ । उक्त समझदारीपत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा अपोलो हस्पिटल्स इन्टरप्राईजेज लिमिटेडकातर्फबाट भाइस प्रेसिडेन्ट– इन्टरनेसनल बिजनेस डा। कात्र्तिक अनन्थरामनले हस्ताक्षर गरेका हुन् । बैंकको भारतस्थित हस्पिटल्ससँगको यो दोसो्र सम्झौता हो । यस अघि बैंकले भारत स्थित मेदान्त– द मेडिसिटि अस्पतालसँग बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकवर्गले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेका छन् । आगामी दिनमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले मात्रै पाउनेछन् ।
बैंकले देशकै १८८ वटा शाखा, १४८ ए.टि.एम. र ९७ शाखा रहित बैंकिंक ईकाईबाट १६ लाख ४५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदानगर्दै आएको छ । आफ्नो ग्राहकवर्गलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिटेन्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिट,क्रेडिट, प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।


विश्व खबर 


















