images
images
  • १४ बर्षमा प्रतिफलमा अब्बल एभरेष्ट बैंकः औषत ३७.६७ प्रतिशत लाभांश बाड्यो !

    काठमाडौं- एभरेष्ट बैंक लाभांशमा निकै अब्बल देखिएको छ । विगत १४ वर्षको अवधिमा बैंकले सेयरधीहरुलाई १०.३२ देखि ७३.६८ प्रतिशतसम्म लाभांश दिएको हो ।

    यो अवधिलाई हेर्दा बैंकले सेयरधनीलाई औषतमा ३७.६७ प्रतिशत लाभांश दिएको छ ।

    बैंकले मर्जरमा नगई सेयरधनीलाई उच्च प्रतिफल दिइरहेको छ । २०५१ साल कात्तिक १ गतेदेखि सञ्चालनमा एभरेष्ट बैंक अहिले सबैभन्दा कम कम अर्थात् ०.७९ प्रतिशत खराब कर्जा भएको बैंक हो ।

    बैंकले गत आर्थिक वर्ष २०७८÷८० को नाफाबाट सेयरधनीलाई लाभांश समेत घोषणा गरिसकेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २०.५३ प्रतिशत लाभांश दिने घोषण गरेको हो ।

    भदौ २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस र कर सहित १०.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। यो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

    गत लाभांश आर्थिक वर्ष २०७८÷७९ मा २०.६८ प्रतिशत लाभांश दिएको थियो। जुन गत आवको भन्दा केही बढी हो । गत आवको नाफाबाट बैंकले २०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा बैंकले नगद ७.६८ र बोनस १३ प्रतिशत दिएको थियो ।

    बैंकले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद लाभांश गरी १०.३२ प्रतिशत लाभांश दिएको थियो ।

    बैंकले आव २०७६÷७७ मा १०.५३ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस बोनस ५ र नगद ५.५३ प्रतिशत रहेको थियो ।

    आव २०७५÷७६ मा २५ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस ५ र नगद २० प्रतिशत दिएको थियो । उक्त आवमा बैंकले बोनसभन्दा पनि नगद लाभांशमा बढी दिएको थियो । बैंकले आव २०७४÷७५ मा बोनस नदिई २० प्रतिशत नगद मात्रै दिएको थियो ।

    बैंकले आव २०७३÷७४ मा १.७४ प्रतिशत नगद र ३३ प्रतिशत बोनससहित ३४.७४ प्रतिशत लाभांश दिएको थियो । यस्तै आव २०७२÷७३ मा ७० प्रतिशत बोनस र ३.६८ प्रतिशत नगद लाभांश दिएको थियो । बोनस र नगद गरी ७३.६८ प्रतिशत लाभांश दिएको थियो ।

    बैंकले आव २०७१÷७२ मा ३६.५८ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस ३० र नगद ६.५८ प्रतिशत रहेको थियो ।

    आव २०७०÷७१ मा ६२.६३ प्रतिशत लाभांश दिएको थियो । जसमा नगद ५०.५३ र बोनस १२ प्रतिशत रहेको थियो । बैंकले आव २०६९÷७० मा ६०.५३ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस १० र नगद ५०.५३ प्रतिशत रहेको थियो । आव २०६८÷६९ मा ३१.५८ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस सेयर ३० र १.५८ प्रशित नगद लाभांश दिएको थियो ।

    बैंकले आव २०६७÷६८ मा ६०.५३ प्रतिशत लाभांश दिएको थियो । जसमा नगद ५०.५३ र बोनस १० प्रतिशत रहेको थियो । यस्तै आव २०६६÷६७ मा बैंकले ६० प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस ३० र नगद ३० प्रतिशत रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images