images
images
  • एभरेष्ट बैंकले २०.५३ प्रतिशत लाभांश दिदै

    काठमाडौं- एभरेष्ट बैंकले सेयरधनीलाई २०.५३ प्रतिशत लाभांश दिने भएको छ ।

    २७ भदौ बुधबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७९/८० को नाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार ४३६ रुपैयाँको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत गरी १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ

    प्रतिक्रिया दिनुहोस्
    images
    images