images
images
  • सनराइज क्यापिटलको सचेतना कार्यक्रम

    काठमाडौं- सनराइज क्यापिटलले आकाङ्क्षी युवा लक्षित तथा स्नातक विद्यार्थीलाई पुँजीबजार लगानी सम्बन्धी चेतना र ज्ञान अभिवृद्धि गर्ने शैक्षिक पहल अभियानको सुरुवात गरेको छ।

    क्यापिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त अभियान सुरु गरेको हो।

    देशभरका विद्यार्थी वर्गमा लक्षित गरी प्रत्येक प्रदेशमा यस साक्षरता अभियान पु¥याउने, व्यक्ति र संस्था दुवैलाई सशक्तीकरण गर्ने, उनीहरूलाई वित्तीय साक्षरता संस्कृतिको पालनपोषण गर्दै व्यक्ति तथा संस्था दुवैलाई सशक्त बनाउने र आफ्नो केन्द्रीय उद्देश्य पूरा गर्ने उद्देश्यका साथ क्यापिटलले धनगढीको सुदूर पश्चिमाञ्चल एकेडेमीमा लगानीकर्ता जागरूकता कार्यक्रम सम्पन्न गरेको हो।

    उक्त कार्यक्रममा २ सयभन्दा बढी उत्साही विद्यार्थी र संकायले भाग लिएका थिए। कार्यक्रम अन्तर्क्रिरयात्मक र सहयोगी रहेको क्यापिटलको विश्वास छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images