जनकपुरधाम। प्रदेश २ को प्रदेशसभा बैठक २१ मिनेटमै स्थगित भएको छ।
प्रदेशसभा सदस्यहरुसँग समन्वय नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै विपक्षी दलहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्
मंगलबार प्रदेशसभाको छैठौँ अधिवेशनको दोस्रो बैठक बसेको केही बेरमै विपक्षी दलका प्रदेशसभा सदस्यहरुले सशर्त अनुदान स्थानीय पालिकाहरुमा समन्वय नगरी पठाइएको भन्दै बैठक अवरुद्ध गरेका हुुन्।
विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्रीले यसको जवाफ दिने पर्ने भन्दै प्रदेशसभामा विरोध जनाउन थालेपछि सभामुख सरोजकुमार यादवले बैठक १ घण्टाका लागि स्थगित गरेका छन्।
प्रकाशित मिति २०७८ जेठ २५ गते मङ्गलबार १०:०२