images
images
  • वडाध्यक्ष रिजालको निधनमा महानगरले दियो भोलि शोक बिदा

    काठमाडौं- काठमाडौं महानगरपालिकाले भोलि शोक बिदा दिएको छ ।

    महानगरपालिकाले वडा नम्बर–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति दुःख व्यक्त गर्दै महानगरभर भोलि  (शुक्रबार) शोक बिदा दिएको हो ।

    उनको निधनमा भोलि शुक्रबार महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको प्रशासन विभाग विभागीय प्रमुख दीपक अधिकारीले विज्ञपमिार्फत जानकारी दिए ।

    रिजालको आज काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो । रिजाल २०७४ र २०७९ सालको दुबै स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका थिए ।

    3 4

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images