काठमाडौं- जलस्रोत अनुसन्धान विकास केन्द्र, पुल्चोक ललितपुरका लेखा अधिकृत तोरण बहादुर कार्कीविरुद्ध पदको दुरुपयोग गर ४ करोड ६७ लाख ३८ हजार ७८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५३ जेठ १७ देखि २०७९ मङ्सिर २८ गतेसम्मको जाँच अवधिमा समग्र आय र व्ययको विश्लेषण गर्दा सो रकम भ्रष्टाचार आरोप लागेको छ ।
कार्कीको पारिश्रमिक आय, श्रीमतीको आय, भत्ता, घर बहाल, बिमा, जग्गा बिक्री बैंक ब्याज सबै गरी वैध आय एक करोड आठ लाख ४८ हजार ५९० रुपियाँ देखिएको र सो अवधिमा निजको खर्च तथा लगानी, जग्गा खरिद र रजिष्ट्रेशन दस्तुर, अध्ययन खर्च, सवाी साधन खरीद, विभिन्न कम्पनीहरुको शेयर खरीद, घर वहाल गरी पाँच करोड ७५ लाख ८७ हजार ३७० रुपियाँ व्यय देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
सिर्जित आयबाट व्यय घटाउदा चार करोड ६७ लाख ३८ हजार ७८० विगो रकमसहित भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना जफतको मागदाबी लिइ सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।





















