images
images
  • मेयर बालेनले हटाए ‘सिंहदरबार जलाइदिने’ स्टाटस

    काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबार जलाइदिने भनेर राखेको स्टाटस सामाजिक सञ्जालबाट हटाएका छन्।

    मेयर शाहले सोमवार सामाजिक सञ्जालबाट सो स्टाटस हटाएका हुन्। उनको सामाजिक सञ्जालमा अहिले उक्त स्टाटस देखिँदैन।

    शनिबार बेलुका शाहले ‘आजको लागी केही भएन , भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’ भन्दै स्टाटस लेखेका थिए।

    उनकी श्रीमती सवार गाडीलाई ट्राफिक प्रहरी रोकेको विषयलाई लिएर उनले उक्त स्टाटस लेखेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images