images
images
  • रुकुममा बिद्यालयबाट घर फर्किने क्रममा खोलाले बगाउँदा दाजुबहिनीको मृत्यु

    रुकुम- रूकुम पश्चिममा खोलाले बगाउदा एकै घरका दाजुबहिनीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा चौरजहारी नगरपालिका– ६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षिया छोरी भावना बुढाथोकी रहेकी छन् ।

    आइतबार बेलुकी बिद्यालयबाट घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

    दुवैको शव डेढ सय मिटर तल फेला परेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images