images
images
  • भारतमा प्रति सिलिण्डर २ सयले घट्यो एलपीजी ग्यासको मूल्य

    दिल्ली- भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिण्डरको मूल्यप्रति सिलिण्डर २ सय भारु घटाएको छ ।

    बुधवार मन्त्रीपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको बिहीवार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा प्रशारणमन्त्री अनुराग ठाकुरले बताए ।

    अब दिल्लीमा १४.२ किलोको एउटा खाना पकाउने ग्यास सिलिण्डर ९०३ भारतीय रुपियाँ (करिव ११ अमेरिकी डलर) मा उपलब्ध हुनेछ । यो निर्णइले घरेलु खाना पकाउने ग्यासका ३३ करोड भन्दा बढी यपभोक्तालाई फाइदा हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images