images
images
  • नयाँ नक्सामा लिपुलेक-कालापानीलाई भारतमा देखाएपछि मेयर बालेनले गरे चीन भ्रमण रद्द

    काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफ्नो ५ दिने चीन भ्रमण रद्द गरेका छन् । चीन सरकारले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतभित्र देखाएपछि त्यसको विरोध स्वरुप आफ्नो चीन भ्रमण रद्द गरेको घोषणा गरेका हुन् ।

    चीनले नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु नेपालीको संवेदनशीलतामाथि चालेको गलत कदम मान्दै नैतिकताको आधारमा चीन नजाने फेसबुकमार्फत जानकारी दिएका छन् ।

    मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘हामी नेपालीले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’

    चीन सरकारको निमन्त्रणमा पर्यटन प्रवद्र्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेनको बेइजिङ उड्ने तय भएको थियो ।

    यर बालेनले चीनले नसोधी नेपाली भूभागलाई भारतको देखाउनु नेपालको संवेदनशीलतामाथि चालेको गलत कदम भएको भन्दै नैतिकताका आधारमा भ्रमणमा नजाने निर्णय भएको बताए ।

    चीनको प्राकृतिक स्रोत मन्त्रालयले तयार पारेको नयाँ नक्सा चिनियाँ सरकारी मिडियाले केही दिन अगाडि सार्वजनिक गरेको थियो। उक्त नक्सामा नेपालको नयाँ नक्सा नदेखाइ पुरानै नक्सा देखाइएको छ।

    https://www.facebook.com/balenshahfans99

    प्रतिक्रिया दिनुहोस्
    images
    images