काठमाडौं- नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष वीरेन्द्रराज पाण्डेले राष्ट्र बैंकको मौद्रिक नीति ब्याज बढाउने भएका कारण अर्थतन्त्र जटिल अवस्थामा पुगेको बताएका छन् ।
बुधवार ‘निजी क्षेत्रको आवाज’ विषयक छलफल कार्यक्रममा बोल्दै पाण्डेले यस्तो बतएका हुन् । उनले मौद्रिक नीतिमा मूल्यवृद्धि नियन्त्रण र वैदेशिक विनिमय सञ्चिति बढाउने र समग्र माग घटाउन र ब्याज बढाउने नीतिका कारण अर्थतन्त्रमा समस्या आएको बताए ।
उनले बैंकको उच्च ब्याजदर,नगद प्रवाहमा भएको समस्या,उत्पादनमा कमी, लगानीको स्थगन,पुँजीगत खर्चमा भएको कमी र अर्थतन्त्रको समग्र बजारमा आएको मागको कमी लगायतको कारण निजी क्षेत्रको मनोवल घट्दो अवस्थामा रहेको बताए ।
उनले भने, ‘बैंकको उच्च ब्याजदर,नगद प्रवाहमा भएको समस्या,उत्पादनमा कमी, लगानीको स्थगन,पुँजीगत खर्चमा भएको कमी र अर्थतन्त्रको समग्र बजारमा आएको मागको कमी लगायतको कारण निजी क्षेत्रको मनोबल घट्दो अवस्थामा छ । वर्तमान अर्थतन्त्रका चुनौतिहरुको सामान गर्दै मन्दीमा रहेको अर्थतन्त्रलाई उकास्न निजी क्षेत्रको कमजोर भएको मनोबल बढाउन आवश्यकता छ ।’
उनले वर्तमान अर्थतन्त्रका चुनौतिहरुको सामान गर्दै मन्दीमा रहेको अर्थतन्त्रलाई उकासन निजी क्षेत्रको कमजोर भएको मनोवल बढाउन आवश्यकता रहेको बताए ।
उनले बजेटमा गत वर्षको भन्दा ४० प्रतिशत राजश्व बढी उठाउने लक्ष्य राखेको छ । यस्तो अवस्थामा लक्ष्य अनुसारको राजश्व र ६ प्रतिशतको आर्थिक वृद्धि हुन नसक्ने देखिएको बताउनु भयो । उहाँले अर्थतन्त्रलाई चलायमान बनाउँदै सरकारले पुँजीगत खर्च वृद्धि र बजेट कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
उनले भने,‘बजेटमा गत वर्षको भन्दा ४० प्रतिशत राजश्व बढी उठाउने लक्ष्य राखेको छ । यस्तो अवस्थामा लक्ष्य अनुसारको राजश्व र ६ प्रतिशतको आर्थिक वृद्धि हुन नसक्ने देखिन्छ । अर्थतन्त्रलाई चलायमान बनाउँदै सरकारले पुँजीगत खर्च वृद्धिमा जोड दिनुपर्छ । अर्थतन्त्रलाई चलायमान बनाउन बजेट कार्यान्वयन गर्नुपर्छ । बजेट कार्यान्वयन नहुँदा अर्थतन्त्र संकुचनमा जाने खतरा बढ्छ । आर्थिक विकासमा सम्पूर्ण राजनीतिक दलहरु एक ठाउँमा आउनुपर्छ । राजनीतिक दलहरुको पहिलो एजेण्डा अर्थतन्त्र हुनुपर्छ । अर्थतन्त्र र उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्न पनि राजनीतिक दलहरुको अग्रसरता आवश्यक छ । सरकार भन्दा बाहिर रहेका दलहरुले अर्थतन्त्रमा प्राथमिकता राख्दा लगानीकर्ताको मनोवल बढ्न सक्छ । मौद्रिक नीतिमा मूल्यवृद्धि नियन्त्रण र वैदेशिक विनिमय सञ्चिति बढाउने र समग्र माग घटाउन र ब्याज बढाउने नीतिका कारण आज अर्थतन्त्रमा यस्तो परिस्थिति भएको हो ।’
उनले बजेट कार्यान्वयन भए यो वर्ष अर्थतन्त्र संकुचनमा जाने खतरा रहेको बताए । उनले आर्थिक विकासमा सम्पूर्ण राजनीतिक दलहरु एक ठाउँमा आउनुपर्ने पनि बताए । ाजनीतिक दलहरुको पहिलो एजेण्डा अर्थतन्त्र हुन आवश्यक रहेको उनको भनाई थियो । उनले अर्थतन्त्र र उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्न पनि राजनीतिक दलहरुको अग्रसरता आवश्यक रहेको उल्लेख गरे ।


विश्व खबर 


















