images
images
  • ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रवीन्द्रराज ताम्रकारको उम्मेदवारी घोषणा

    ललितपुर- झन्डै तीन दशकदेखि निजी क्षेत्रको हितका लागि क्रियाशील रवीन्द्रराज ताम्रकारले ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    पुस्तौंदेखि तामा पित्तल व्यवसायमा संलग्न ताम्रकारले संघको यही असोज १९ गते शुक्रबार हुने संघको ४४ औं अधिवेशनमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो।मंगलबार ललितपुरमा एक पत्रकार सम्मेलनको आयोजना गरी ताम्रकारले उम्मेदवारी दिने घोषणा गरेका हुन् । अध्यक्षमा मेरो उम्मेदवारीलाई एक हस्तकलाकर्मी र चेम्बर अभियानमा वर्षौसम्म लागेको व्यक्तिको गति र गन्तव्यको परिणतका रुपमा लिनुहोला।’ उम्मदवार ताम्रकारले पत्रकार भेटघाटमा भने ।

    ५६ वर्षको इतिहास बोकेको संघमा त्यसको आधा समयदेखि विभिन्न जिम्मेवारी सम्हाल्दै ताम्रकार संघको विशेषता, चुनौती र अवसरलाई सूक्ष्म रुपमा केलाउने सक्ने समकालीन पुस्ताका अग्रज र अनुभवीको रुपमा आम व्यवसायीमाझ लिने गरिएको छ ।

    पूर्वअध्यक्ष नरेशकुमार श्रेष्ठको कार्यकालमा कार्यसमिति सदस्य तथा संगठन विस्तार तथा प्रचारप्रसार संयोजक रहेका ताम्रकार मृगेन्द्रमान प्रधानको नेतृत्वमा बनेको कार्यसमितिमा पनि सोही समिति संयोजक थिए ।त्यसैगरी तामकार अजरमान जोशीको नेतृत्वमा बनेको कार्यसमितिमा प्रथम उपाध्यक्ष र सविन श्रेष्ठ अध्यक्ष रहेको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए ।

    संघले ललितपुर उपमहानगरपालिका र ज्यापू समाजसंग मिलेर २०६९ चैत्र १५ गते विहीबार देखि चैत्र २१ बुधबारसम्म आयोजना गरेको ललितपुर महोत्सवको सदस्य सचिव रहेका ताम्रकार लोपोन्मुख खडग जात्रा (पायः जात्रा) विसं २०७५ सालमा पुनःआगमन गराउन संघमार्फत सक्रिय भएर लागेका बताइएको छ ।

    स्वर्गीय बेखानाथ श्रेष्ठको अग्रसरतामा २०२४ साल चैत्र ४ गते स्थापना भएको संघमा हरेक वर्ष चैत्र ४ गते उद्योगी, व्यवसायीहरु भेला भएर संस्थापक र अग्रजहरुलाई स्मरण गर्दै विसं २०६६ सालदेखि स्थापना दिवस मनाउने परम्परा शुरु गर्न अवधारणा भित्र्याएको ताम्रकारको भनाई रहेको छ।

    व्यवसायीको अतिरिक्त ताम्रकार ललितपुरको धार्मिक, सांस्कृतिक र सामाजिक विशेषतालाई संरक्षण र प्रर्वद्धन गर्ने कार्यका साथै सामाजिक हितमा दत्तचित भएर लागिरहेका छन् । यस अघि ताम्रकार समाजको अध्यक्ष रही सक्नुभएका उम्मेदवार ताम्रकारले समाज मार्फत ललितपुरका विभिन्न जातीय समाज,खलःपुचःबीच आपसी समन्वय र सद्भावको वातावरण बनाई प्रत्यनशील रहेको पत्रकार भेटघाटमा बताए ।

    निजी क्षेत्रको मुद्दा र समसामयिक सवालमा ताम्रकारका दर्जनौं लेख रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । ताम्रकारले आफ्नो समग्र, अनुभव, ज्ञान, फराकिलो सम्बन्धको निचोडको रुपमा निजी क्षेत्रलाई सामाजिक उत्तरदायित्वसहित व्यावसायिक हितको सवालमा अघि डोह¥याउने मुख्य लक्ष्य लिएर निर्वाचनमा होमिएको बताए ।

    ‘मेरो जीवनको अधिकाशं समय उद्यो्ग र वाणिज्य क्षेत्रमा बिताइसकेको छु । मेरो ध्येय र एजेण्डा अहिलेसम्मको कार्यले देखाइसकेको छ।अब एकचोटी अध्यक्ष भएर संघको इतिहासको गौरवलाई कायम राख्दै वर्तमानको जिम्मेवारीलाई पुरा गर्दै भविष्यमा संघको उचाईलाई अझ माथि पु¥याउने दृढता रहेको छ ।‘ अध्यक्षमा उम्मेदवारी यही सोच, अनुभव र प्रतिबद्धताको उपज हो।’ ताम्रकारले भन्नुभयो।ताम्रकारले आफ्ना प्यालनका पदाधिकारी र सदस्यको नामावली क्रमशः घोषणा गर्ने तयारी गरेको बुझिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images