images
images
  • कति छ आज विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

    यस्तै, आज डलरको खरिद दर १३२ रुपैयाँ ०४ पैसा र बिक्री दर १३२ रुपैयाँ ६४ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ७२ पैसा र बिक्री दर १४३ रुपैयाँ ३७ पैसा रहेको छ।

    यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३१ पैसा र बिक्री दर १६७ रुपैयाँ ०७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    dddd 3 768x532 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images