काठमाडौं-गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३-२५ कार्यकालका लागि वर्तमान एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको प्रवक्ता साेम सापकोटाले केन्द्रीय उप-महासचिव पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।
पर्यटन दुर्त एवं सामाजिक अभियन्ता सापकोटा गैरआबासीय नेपाली संघसँग सन् २००३ देखी नै आबद्द यिनको यो संस्थासँग नाता ,सम्बन्ध र सहकार्य लामै छ ।
हाल गैर आबासीय नेपाली संघको प्रबक्ताको रूपमा रहेका सापकोटा अब २०२३-२०२५ का लागि उप महासचिव पदमा उम्मेदवारी दिने तयारीमा लागि परेका छन् । ‘संस्थालाई सुदृढ़ीकरण, अझै ब्यबस्थित र बिश्वभरि छरिएर रहनु हुने प्रबासी नेपालीहरूलाई एउटै छानामुनी केन्द्रित गर्नै र भाईचाराको सम्बन्ध बिकास गर्नु पनि मेरो उद्देश्य रहने छ -‘ सापकोटाले विश्वखवरसंग भने ।
सन् २००६ मा युरोपको पोर्चुगलको राष्ट्रीय समन्वय समितिको निर्वाचित सदस्य हुदै सन् २००८ मा डेनमार्कको अध्यक्षसमेत जिम्मेवारी निवार्ह गरेका थिए ।
सन् २०११ -२०१३ सम्म गैर आबासीय नेपाली संघको केन्द्रिय सदस्य सन् २०१५ -२०१७ यूरोपको उप संयोजक र सन् २०१७ -२०१९ सह कोषाध्यक्ष बने । यसैगरी सन् २०१९ -२०२१ केन्द्रीय सल्लाहकार भएर संघलाई थप उच्चाई पुर्याउने काममा लागेका सापकाेटा हाल संघको प्रबक्ता रहेका छन् ।
गैर आबासीय नेपाली संघसँग हातेमालो गर्दै अगाडि बढेका सोमले सन् २०२३ – २०२५ का लागि उप महासचिव पदमा उमेदवारी दिन लागेको कुराले यतिबेला समग्र गैर आबासीय नेपालीहरूमा उत्साह प्रदान गरेको छ ।
‘ संघसँग आबद्द रहेपछी सापकोटाले संघको उचाई र गरिमा बढाउन उल्लेख्य भूमिका खेलेका छन्। यस्ता सामाजिक अभियन्तालाई संघमा राख्न उनको जित आबश्यक छ ।’ नेपालको पर्यटन क्षेत्रको बिकास र बिस्तार गर्न र प्रबासी नेपालीहरूलाई नेपालमा लगानी गरेर रोजगारी बढाउन बिशेष भूमिका खेलेका सोम सापकोटाले संस्थामा रहनु हुने र बाहिर रहनु हुने अभियन्ताहरूको साथ, समर्थन र सुझाबका कारण आफूले उप महासचिव पदमा उमेदवारी दिन लागेको जानकारी दिए ।
‘गैरआवासीय नेपाली संघको एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज ३० गतदेखि कार्तिक ३ गतेसम्म (१७-२० अक्टोबर, २०२३) काठमाडौंमा हुदैछ ।


विश्व खबर 




















