काठमाडौं- रोल्पाको त्रिवेणी गाउँपालिका– ७ ऋचीमा मंगलबार बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । १५ यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेहरूमा तीन पुरुष र एक महिला रहेको र उनीहरूको सनाखत भइनसकेको प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले जानकारी दिए। बागमारादेखि दाङको घोराहीका लागि छुटेको ना.५ख २६१२ नम्बरको बस ऋचामा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएकाहरूमध्ये पाँचजनालाई थप उपचारका लागि घोराही पठाइएको र अन्यको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। बसमा १८ जना सवार भएको बुझिएको छ।
बस सडकबाट एक सय मिटर तल खेर दुर्घटना ग्रस्त भएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















