images
images
  • सभामुखलाई राजीनामा गराउनु सत्ता प्राप्त गर्ने अमर्यादित खेल: हिक्मत कार्की

    विराटनगर- नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कांग्रेसले सभामुखलाई राजीनामा गराएर अमर्यादित खेल खेल्न खोजेको बताएका छन् ।

    आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले संसदीय दलका नेता कार्कीले कांग्रेसले अर्मादित खेल खेल्न लागेको बताएका हुन् ।

    राजनीतिक सङ्कटबाट बाहिर निस्कन कांग्रेस र एमाले मिल्नुपर्ने भए पनि तत्काल सम्भावना आफूले नदेखेको उनले बताए ।

    ‘अहिलेको राजनीतिक संकट र राजनीतिक अस्थीरतालाई हल गर्न कांग्रेस एमाले एक ठाउँमा हुनुपर्छ भन्ने मान्यता मेरो हो,’ उनले भने,‘ कांग्रेस त्यो बाटो मै छैन, कांग्रेस असंसदीय मान्यता,असंवैधानिक काम, कानुनको सर्वाेच्चतालाई कुल्चिने काममा छ, हिजो सभामुखलाई जवरजस्ती सही गरायो, आज सभामुखलाई राजीनामा गराएर अमर्यादित काम गरेर सत्ता प्राप्त गर्न खोज्दैछ ।’

    प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज बेलुका पाँच बजे सकिंदैछ । सत्तारुढ गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर सरकारमा दाबी पेस गर्ने तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images