images
images
  • सारुक ताम्राकारको सुसाइड नोट: ‘कसैलाई ब्लेम नगर्नु, इट्स अल माई फल्ट’

    काठमाडौं- रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका अभिनेता सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ ।

    प्रहरी प्रधान कार्यालय नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा उनले मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको हो ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंका स्रोतका अनुसार, ताम्रकारले नोटमा आफूलाई विवादमा नपार्न पनि भनेका छन् । झण्डै एक पाना लामो नोटमा उनले साथीहरु र परिवारलाई पनि सम्झिँदै सबै गल्ती आफ्नै भएको बताएका छन् ।

    ‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु’, उनको नोटलाई उधृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो । लेट मि रेष्ट इन पिस, धन्यवाद ।’

    प्रहरीले घटनाका विभिन्न पाटोहरुमा अनुसन्धान गरिरहेको थियो । त्यहीबीच सारुकको मोबाइल जाँचमा ‘सुसाइड नोट’ भेटिएको हो । अन्य विभिन्न पाटोबाट पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    ‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु’, उनको नोटमा भेटिएको छ, ‘यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो। लेट मि रेष्ट इन पिस, धन्यवाद।’

    ताम्राकार २१ असारमा घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए। सारुक कलाकार सानु ताम्राकारका छोरा हुन्। सारुकले इन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानी’ लगायतका फिल्ममा अभिनय गरेका छन्।

    असार २१ गते मृत भेटिनुअघि फिल्म ‘ह्यासट्याग माया’ को छायांकन गरिरहेका थिए। फिल्ममा उनीसँगै नम्रता श्रेष्ठको मुख्य भूमिका थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images