images
images
  • पश्चिम अफ्रिकी देश नाइजरमा किन भयो सत्ताकब्जाको घोषणा ?

    काठमाडौं- पश्चिम अफ्रिकी देश नाइजरमा राष्ट्रपतिलाई अपदस्थ गरिएपछि उक्त कदमका समर्थकहरूले राष्ट्रपतिको दलको मुख्यालयमा आक्रमण गरेका छन्। उनीहरूले त्यहाँ ढुङ्गामुढा गर्नुका साथै भवन तथा र सवारीसाधनहरूमा आगजनी गरेका छन्।

    विद्रोही नेताहरूको समर्थनमा संसद्बाहिर भेला भएका मानिसहरूको भिडबाट निस्किएको एउटा समूहले आगजनी गरेको थियो। संसद् भवनबाहिर रुसको झण्डा प्रदर्शन गरिएको थियो।
    बुधवार राष्ट्रपति मोहम्मद बाजूमलाई बन्धक बनाउने सैन्य समूहलाई पछि सेनाले पनि समर्थन दिने बतायो।

    रुसले पनि अन्य देश तथा संयुक्त राष्ट्रसङ्घले जस्तै बाजूमको रिहाइको माग गरेको छ। दुई वर्षअघि नाइजरको राष्ट्रपतिमा निर्वाचित भएका ६४ वर्षीय बाजूम पश्चिम अफ्रिकामा इस्लामिक लडाकुहरूविरुद्ध जारी लडाइँमा पश्चिमी मुलुकलाई सहयोग गर्ने प्रमुख पात्र हुन्।

    नाइजरमा यूरेनिअम खानी छ। त्यहाँ पूर्वऔपनिवेशिक शक्ति अमेरिका र फ्रान्स दुवैका सैन्य शिविरहरू छन्। ती दुवैले अहिलेको ’कू’ को निन्दा गरेका छन्।

    अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले बाजूमलाई वाशिङ्टनले ’अटुट समर्थन’ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    संयुक्त राष्ट्रसङ्घले नीजेरमा आफ्नो मानवीय सहायता कार्य स्थगन गरेको जनाएको छ। ’कू’ कै कारण सहायता रोकिएको हो वा होइन भन्ने चाहिँ स्पष्ट छैन। राष्ट्रसङ्घले यसअघि नीजेरमा ४० लाखभन्दा बढी मानिसलाई मानवीय सहायता आवश्यक रहेको बताउँदै आएको थियो।  बिहीवार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले राष्ट्रपति बाजूमलाई “तत्काल र बिनासर्त” रिहा गर्नु पर्ने माग अघि सारे।

    राष्ट्रपतिलाई सत्ताच्युत गर्ने सैन्य पक्षले आफ्नो नेता घोषणा नगरेकाले अहिले नीजेर कसको नेतृत्वमा छ भन्ने स्पष्ट छैण।

    त्यहाँको सरकारी टीभीले देशभक्ति झल्काउने सङ्गीत र कुरानका श्लोकहरू (आयत) सहित बुधवार राति अबेर भएको ’कू’ को घोषणा दोहो¥याउँदै प्रसारदण गरिरहेको छ।

    कू घोषणा भएपछि टेलिभिजनले नियमित समाचार बुलेटिन प्रसारण गरेको थिएन। तर राजधानी नेआमेमा पसल र बजारहरू खुला थिए। बिहानैदेखि भएको ठूला वर्षाका कारण विद्रोहका समर्थकहरू ढिला गरी सडकमा भेला भएका थिए।

    देशको संसद् भवनबाहिर भेला भएका सयौँ मानिसले रुसको झण्डा बोकेका थिए। उनीहरूले फ्रान्स र नीजेरमा रहेका विदेशी सैन्य शिविरहरूविरुद्ध लिखित नारा देखिने सामग्री बोकेका थिए।

    त्यसपछि प्रहरीले सत्तारूढ दलको मुख्यालयमा पुगेका प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्या प्रहार गरेको थियो। प्रदर्शनकारीहरूलाई देखेलगत्तै उक्त दलका कार्यकर्ताहरू त्यहाँबाट भागेका थिए।

    झडपमा केही व्यक्ति घाइते भएका छन् र पीएनडीएस तराया पार्टी भवन वरपर जलेका गाडीहरू देख्न पाइन्छ।

    कू समर्थकहरूले उक्त पार्टीमाथि भ्रष्टाचार गरेको तथा सुरक्षास्थितिमा सुधार ल्याउन र लामो समयदेखि चलिरहेको जिहादी विद्रोह अन्त्य गर्न पर्याप्त कदम नचालेको आरोप लगाएका छन्।

    दुई छिमेकी देशहरू माली र बुर्किनाफासोमा पनि इस्लामिक विद्रोहका कारण कू भएको थियो। फ्रान्ससँगको सम्बन्धमा तिक्तता उत्पन्न भएपछि दुवै देशका नयाँ सैन्य नेताहरू रुससँग नजिकिएका छन्।

    रुसमा प्रतिबन्ध नलगाइएका केही प्रमुख सामाजिक सञ्जालहरूमध्ये एक टेलिग्राममा क्रेम्लिन समर्थकहरूले यो रुस र वाग्नरका लागि नीजेरमा प्रवेश गर्ने अवसर भएको जनाउँदै कूको समर्थनमा टिप्पणी साझा गरिरहेका छन्।

    तत्कालका लागि त्यहाँ रुसी संलग्नताको कुनै प्रमाण छैन। रुसको सरकारी समाचारसंस्थालाई उद्धृत गर्दै रोएटर्सले जनाएअनुसार रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभले नीजेरमा संवैधानिक व्यवस्था पुनर्स्थापित हुनुपर्ने बताएका छन्।

    केही सातायता नीजेरका नागरिक समाज समूहरूले फ्रान्सबाट टाढिनुपर्ने र रुससँग नजिकिनुपर्ने आह्वान गर्दै आएका छन्।

    बिहीवार बिहान एउटा सैन्य विमानले वायुसेनाको शिविरमा अवतरण गरेपछि जुन्टाले नीजेरको सीमा उल्लङ्घन गरेको भन्दै फ्रान्सको आलोचना गरेको छ।

    सैन्य प्रवक्ता कर्नेल मेजर आमाडू अब्दर्मानले बिग्रँदो सुरक्षास्थिति र “कमजोर आर्थिक तथा सामाजिक प्रशासन”का कारण सत्ताकब्जा गरिएको घोषणा गरेका हुन्।

    नीजेरबाट प्रकाशित हुने पत्रिका “ल’ओन्क्वेटर“का अनुसार राष्ट्रपति बाजूमले जेनरल अब्दूरहमान चियानीलाई राष्ट्रपतिको सुरक्षा कमान्डरबाट हटाउने प्रयास गरेका कारण यो विद्रोह भएको हो। -बिबिसीबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images