images
images
  • अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३३ घाइते, ४ जनाको अवस्था गम्भीर

    काठमाडौं- अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको कालिकास्थान नजिक मलामी बोकेको भे १ त ६७५६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–६ का २४ वर्षीय दिर्घ विक रहेका छन्। दुर्घटनामा परेर ३३ जना घाइते भएका छन्।

    घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको अछाम प्रहरीले जनाएको छ। घाइते २४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ९ जनाको कालिकास्थान स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घुम्तिमोडमा ट्याक्टर मोड्ने क्रममा दुर्घटना भएको बुझिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images