images
images
  • धरौटी तिर्न नसकेकी महिलाको प्रहरी हिरासतमा गरिन् आत्महत्या

    काठमाडौं– जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेकी एक महिलाले आत्महत्या गरेकी छन् । गत श्रावण २ गते सशस्त्र प्रहरी सर्लाहीले अबैध रकम र गहनासहित नेपाल प्रहरीलाई बुझाएकि महिलाले प्रहरी हिरासत मै पासो लगाएर आत्महत्या गरेकी हुन्।

    स्थानीय चक्रघटा गाउँपालिका ८ कि वर्ष ४० वर्षिय हजरत खातुनले हिरासत कक्षको शौचालयमा राती पासो लगाएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ।

    श्रावण २ गतेका दिन सशस्त्र प्रहरिले सर्लाहिको नेपाल भारत सिमा क्षेत्रको झिलमिलिया माइ बोर्डरमा हजरतलाइ पाँच लाख ४ हजार नगद, १८७.७७ ग्राम चादी र ७.०७ सुन सहित नियन्त्रणमा लिएको थियो ।

    महिलाको शब पोस्टमार्टमको लागि अस्पताल लगिएको र आत्महत्याबारे अनुसन्धान भैरहेको सर्लाही प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images