टोकियो-गैरआवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष महेशकुमार श्रेष्ठले संघको आगामी ११ औं ग्लोबल महाधिवेशनका लागि केन्द्रिय अध्यक्षमा उम्मेद्वारी दिने घोषणा छन्।
जापानमा रहेको पुराना तथा स्थापित व्यवसायी श्रेष्ठले एनआरएन कोषाध्यक्ष हुदैं हाल उपाध्यक्ष भएर काम गरिरहेका छन् । आगामी नयाँ कार्यसमितिका लागि अध्यक्षका लागी युरोपबाट बर्तमान अध्यक्ष डा.बद्री केसी , युकेबाट उपाध्यक्ष डा.हेमराज शर्मा र मध्यपुर्वबाट आके शर्मा लगाएत आधा दजर्नभन्दा बढी आकांक्षी रहेका छन् ।
उपाध्यक्ष श्रेष्ठले अध्यक्षमा उमेद्वारी दिने सबै गैरआवासिय नेपालीहरुमा साथ सहयोग र समर्थन गर्न अपिल गरेका छन्। आफू लामो समयदेखि कुनै न कुनै जिम्मेवारीमा रहेर एनआरएनए अभियानमा जोडिदैं आएको र आफ्नो सीप, अनुभव, क्षमता र योग्यतालाई अभियानमार्फत् उपयोग गर्दै मुलुकको समृद्धिमा योगदान दिन उम्मेद्वारी दिन लागेको उनको दाबी छ।
बाग्लुङमा जन्मिएर पर्वतको कुश्मामा हुर्किएका श्रेष्ठ नेपाल एनआरएनभित्रको एक प्रभावशाली व्यक्तित्वका रुपमा चिनिन्छन् ।श्रेष्ठले एनआरएनएको एउटा जिम्मेवार सदस्यको नाताले यो अभियानलाई थप अगाडि बढाउन नेत्तृत्वमा बसेर काम गर्न सक्छु भन्ने विश्वासका साथ अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताए ।
उनले बिगत धेरै वर्षदेखि फाईनान्सियल सेक्टरमा काम गरेको अनुभवलाई संस्थामा कोषाध्यक्ष र उपाध्यक्ष भएर कुशलता पुर्वक काम गरिसकेका छन् ।उनको सरकारी र सामाजिक क्षेत्रमा पनि उत्तीकै सक्रिय छन् । नेपाल सरकारले गठन गरेको वैदेशिक लगानी समन्वय तथा अनुगमन समितिका सदस्य समेत रहिसकेका छन् ।
पर्वतको कुश्माबाट प्रारम्भिक शिक्षादेखि माध्यमिकसम्मको अध्ययन सकेका उनी सोसोलोजी र एन्थ्रोपोलोजीमा स्नाकोत्तर हुन् ।यस्तै सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका उनी हाल जापानको काएचु विश्वविद्यालयमा पीएचडी हासिल गर्ने क्रममा रहेका छन् ।
जापानस्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानको सीईओ, तोनान कम्पनीको अध्यक्ष, सीटी एक्सप्रेस कनेक्टको निर्देशक, एसबिआई सिटी एस्प्रेस गोलोवलका निर्देशक समेत रहेका छन् । उनी जेएनएन एग्रो कम्पनीका डाइरेक्टर पनि हुन् । उनको नेपालमा विभिन्न वैंकहरु, सिटी फाइनान्स, सिटी एक्सप्रेस मनि ट्रान्सफर सिटी ट्राभल एण्ड टुर, आइटी, आयात तथा निर्यात कम्पनि, र विभिन्न हाइड्रोपावरमा समेत लगानी गरेका छन् ।
जापानमा ब्यवसायीसंगै पिएचडी अध्ययन गरिरहेका श्रेष्ठले संघको आगामी नेतृत्वको लागी ठोष योजना र प्रतिवद्धता पत्रसहित उम्मेद्वारी घोषणा गर्ने बताएका छन् ।श्रेष्ठले गैरआवासीय नेपालीलाई एकतावद्ध पार्ने, श्रमिक कल्याण कोष, नेपालमा लगानी, आर्थिक स्थायित्व, मितव्ययिता, पारदर्शिता र जवाफदेहितालाई मुख्य मुद्दाका रूपमा अगाडि सार्ने संकेत गरेका छन्।
श्रेष्ठले एनआरएन कोषाध्यक्षमा रहदा गैरआवासीय श्रमिक कल्याण कोष’ को स्थापना गरेका थिए भने संस्थालाई ‘मितव्ययिता र पारदर्शितालाई पहिलो पटक ३ ३ महिना अडिट रिर्पोट सार्वजानिक गर्ने काम थलानी गरेका थिए । एनआरएनए विभिन्न अधुरै रहेका प्रोजेक्टहरुलाई सक्ने काममा अगुवाई रहेका थिए ।
दुई भागमा विभाजित गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई पछिल्लो समय एकताको लागी नेतृत्वकारी भुमिका निर्वाह गरेर एकता महाधिवेशन गर्न सफल भएका छन् । (जापान विशेष प्रतिनिधी)
प्रतिक्रिया दिनुहोस्