जापान– गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ नेतृत्वको लागि राजकुमार अधिकारीले शनिवार उम्मेद्वारी घोषणा गर्ने भएका छन।
आगामी २०२३-२०२५ को नयाँ कार्यसमितिको अध्यक्ष पदमा अधिकारीले जुलाई १५ तारिख शनिवार नागोंयाबाट उम्मेद्वारी घोषणा गर्ने बताउनु भएको हो। जापानमा व्यवसायसँगै सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका एनआरएनए जापानका वर्तमान उपाध्यक्ष राजकुमार अधिकारीले औपचारिक रुपमा आगामी नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने भएका छन् ।
जापानको नागोयालाई कर्मथलो बनाएर व्यवसायरत अधिकारी एक दशक बढि समयदेखि एनआरएनए अभियानमा आवद्ध रहँदै आएका छन् । गैरआवासिय नेपाली संघ सहित आधा दर्जन सामाजिक संघसंस्थाहरुमा आवद्ध रहेर अधिकारीले सामाजिक सेवामा व्यक्तिगत र संस्थागत रुपमा उल्लेखनिय सामाजिक योगदान दिंदै आएका छन् ।
वर्तमान एनआरएनए जापान (सन् २०२१-२३ कार्यसमिति)मा उपाध्यक्ष पदमा रहेर जिम्मेवारी निभाइ रहेका अधिकारीले ११ औं अधिवेशन मार्फत २०२३-२०२५ कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्