बैतडी- बैतडीबाट बस दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका-६ का २८ वर्षीय उमेश भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक योगेश खत्रीले पुष्टि गरे।
सोमबार दिउँसो पञ्चेश्वर गाउँपालिका तिलाचौरबाट महेन्द्रनगर जाँदै गरेको पवनदुत यतायातको लु २ ख २०११ नम्बरको बस बैतडीको मेलौली नगरपालिका–७ को स्वाखानी भन्ने स्थानमा दुर्घटना भएको थियो। दुर्घटनामा ३८ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
घाइतेहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। गम्भीर घाइतेहरूलाई डडेलधुरा अस्पताल लैजाने तयारी भइरहेको छ।
बस ४ सय मिटर तल खसेर रुखमा अड्किएको थियो।
प्रतिक्रिया दिनुहोस्





















