images
images
  • बलात्कारजस्तो गम्भीर घटनामा पल र सन्दिपको भद्दा मजाक !

    काठमाडौं- बालिग बलात्कार मुद्दामा सफाइ पाएका अभिनेता पल शाहले जेलबाट निस्केयता पहिलो अन्तरवार्ता दिएका छन्।

    सन्दीप क्षेत्रीको टेलिभिजन शो ‘ह्वाट द फ्लप’ मा उनले आफ्नो हिरासतको अनुभवहरु सुनाए । सो अनुभव सुनाउँदा कार्यक्रम प्रस्तोता रहेका सन्दिप क्षेत्रीको हासो भने रोकिएन्।

    जेल बसाइको वर्णन गर्दा पल भावुक भन्दा पनि बढी रोमाञ्चित देखिन्थे। कुनै प्रसङ्गमा पनि न पल गम्भीर देखिए न कार्यक्रम सञ्चालक क्षेत्री। यता पल नाबालिग बलात्कार अभियोगमा जेल पर्दाको अनुभव सुनाइरहेका थिए उता सन्दीप क्षेत्री अट्टहास हाँसी रहेका थिए ताली पड्काउँदै।

    नाबालिग बलात्कार जस्तो गम्भीर अभियोगमा जेल पर्दाको अनुभव सुन्दै कलाकार समेत रहेका सन्दीप क्षेत्रीले लिएको मजा निकै भद्दा र घिनलाग्दो  देखियो।

    महिलामाथिको गम्भीर अपराधप्रति सन्दीपको सोचकोस्तर उनको अट्टहास हाँसोले देखाइरहेको थियो। कति घिनलाग्दो।

    पलले जेलमा हुन्छु भन्ने बित्तिकै पहाड खसेजस्तो फिल भएको बताएका छन्। उनले जेल बसाइ कष्टकर भएको पनि बताएका छन्। उनले हास्दै भनेका छन्, ’जेलको शौचालयको गन्धले तीन दिनसम्म मलाई रिंगटा चलिरहेको थियो। कहाँ लड्छु जस्तो भएको थियो, त्यहाँको गन्धले। यति ‘ब्याड स्मेल’ आउँदो रहेछ। ट्वाइलेटको ढोका थिएन, पर्दाजस्तो मात्रै थियो त्यो पनि ५ वर्षदेखि नधोएको। गन्धले म त पागलजस्तो भएँ। त्यो पनि ‘पल दाइ आउँछ’ भन्ने थाहा भएर सफा गरेको रे।’

    पलले जेलमा ५–७ वटा चेन गेट पार गरेर जाँदा जीन्दगी सकियो भन्ने लागेको पनि बताएका छन्। ’जेलमा ५–७ वटा चेन गेट पार गर्नुपर्ने हुँदो रहेछ। त्यसले नै सबैभन्दा पहिले मोरल डाउन हुने। लास्टमा ठूलो पर्खाल थियो १५/२० फिटको। त्योभित्र विल्डिङ। ठूलो पर्खालभित्र पस्ने बेला मलाई अब लाइफ सकियो भनेजस्तो भएको थियो। अलिअलि बचेको आत्मविश्वास पनि आफू सुत्ने बेड देखाएपछि माइनसमा पुग्यो’ उनले भने।

    उनले जेलमा बस्दा सबैभन्दा बढी दर्शकलाई मिस गरेको पनि बताएका छन्। फिल्म रिलिजको समयमा दर्शकसंग हत्कडी सहित फिल्म हेर्न पाए नी हुन्थ्यो भन्ने लागेको उनको भनाइ छ। उनले आफ्नो जेल बसाइ विश्वविद्यालयजस्तो भएको पनि बताएका छन्।

    तर पलले आफ्नो अनुभव हाँस्दै सुनाइरहेका थिए भने अनुभव सुनिरहेका सन्दिप हाँसिरहेका थिए। बलात्कारजस्तो मुद्दामा सफाइ पाएका पलले यसरी अनुभव यसरी सुनाउनु बलात्कार घटनामाथिको मजाक भएको भनेर सामाजिक सञ्जालहरुमा चर्को आलोचना भइरहेको छ।

    त्यस्तै सन्दिप उक्त अनुभव सुनिरहदा हाँसोमा उडाउनु महिलामाथिको गम्भीर अपराधप्रति घिनलाग्दो सोच भएको भनि तर्क गरिरहेका छन्।

    पीडीत नाबालिगले भोगेको कहालीलाग्दो अवस्था :
    केही दिन अगाडिको अर्को कार्यक्रममा फर्किउ जहाँ पीडित तत्कालीन नाबालिगको अन्तर्वार्ता आएको थियो। अन्तर्वार्तामा उनी आफ्नो दाइले वैदेशिक रोजगारीमा कमाएको पैसाले घरको तला थप्दा पनि समाजले बाल यौन दुरुपयोगमा तोकेको १० लाख क्षतिपूर्तिले बनाएको भनेर खिस्याएको भन्दै भावुक बनिन्।

    बिना प्रमाण कसैले कसैलाई आरोप लगाउँदैमा कोही पक्राउ पर्छ र भन्दै उनले आफूले भोगेको कहालीलाग्दो अवस्था बताइन्। त्यस अगाडि नै उनले आफू सत्य रहेको तर माया लागेर बयान बदलेको बताएकी थिइन्। यसलाई कानुनी भाषामा होस्टायल बनाउने भनिन्छ। डर, लोभ, प्रलोभन, माया देखाएर साक्षी लगायतको बयान बदल्ने काम भएको यो घटनामा प्रस्टै देखिन्छ।

    त्यही कार्यक्रममा भक्कानिँदै उनले भनेकी थिइन्’ अर्को जन्म हुन्छ भने म केटी भएर नजन्मिऊँ।’ कार्यक्रम सञ्चालक भने एकदमै भावुक देखिए।

    यता पल जेलमा कसरी सुतेँ, प्रहरी हिरासत कति गन्हायो भन्ने अनुभव हाँस्दै सुनाइरहेका थिए। सन्दीप बढो मजा लिएर हाँस्दै सुनिरहेका थिए। र, त्यो दृश्य निकै घिनलाग्दो देखिएको थियो

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images