images
images
  • काठमाडौंको ‘सिडिओ’मा जितेन्द्र बस्नेत

    काठमाडौं- गृह मन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जितेन्द्र बस्नेतलाई सरुवा गरेको छ।

    काठमाडौंका सिडिओे घनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि रिक्त पदमा बस्नेतलाई खटाइएको हो।

    काठमाडौंको सिडीयोमा नियुक्त बस्नेत गृहमन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा प्रवक्ताको भूमिकामा थिए।

    उनी यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकका रुपमा काम गरिसकेका छन्।

    बस्नेत गोरखा, चितवन र पर्साको प्रजिअका रुपमा पनि कार्यरत रहिसकेका छन्।

    त्यसतै प्रदेशतर्फ सचिवको भूमिकामा पनि उनले काम गरेका थिए। उनी भूकम्प प्राधिकरण कार्यालयमा पनि काम गरिसकेका छन्।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images