images
images
  • सिन्धुलीमा घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु

    सिन्धुली- सिन्धुलीमा गएराति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ ।

    कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो ।लिची

    को दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले लिचीको दाना अड्किएर उनको मृत्यु भएको अस्पतालबाट जानकारी प्राप्त भएको बताए ।

    यसैबीच सुनकोशी गाउँपालिका–२ गजुलीदहस्थित सुनकोशी नदी किनारमा एक बालकको शव फेला परेको छ । बिहीबार साँझ बालकको शव फेला परेको डीएसपी दाहालले बनाए । अ

    न्दाजी ९ वर्षका ती बालकको पहिचान भने हुन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images