images
images
  • मुख्यसचिवमा वैकुण्ठ अर्याल, वैरागी राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त

    काठमाडौं- सरकारले मुख्यसचिवमा डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाएको छ भने यसअघिका मुख्यसचिव शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा नियुक्त गरेको छ।

    आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव बनाउँदै वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।

    मन्त्रिपरिषद्को बैठकपछि परराष्ट्रमन्त्री एनपी साउदले उक्त जानकारी दिएका हुन्।

    ‘आज दुईपटक मन्त्रिपरिषद् बैठक बसेको छ,’ परराष्ट्रमन्त्री एनपी साउदले भने, ‘पहिलो बैठकले शंकरदास बैरागीले मुख्यसचिव पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।

    बैरागीले दिएको राजीनामा स्वीकृत गरेपछि पुनः बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई राष्ट्रिय सुरक्षाा परिषद्को मन्त्रीस्तरीय सल्लाहकारमा नियुक्त गरेको हो ।

    नवनियुक्त मुख्यसचिव अर्यालले उद्योग सचिव, सञ्चार सचिव र प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव भएर काम गरिसकेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images