प्यूठान- प्यूठानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले पुष्टि गरेको छ।
प्रहरीका अनुसार लु१च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा अनियन्त्रित भई दुर्घटना भएको हो।
जीपमा सवार ८ जनाकै घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१५ का ३५ वर्षीया सरिता शर्मा पोख्रेल, निजका छोरा १४ वर्षीय विशाल पोख्रेल र ९ वर्षीय विकास पोख्रेल, त्यसैगरी लमही नगरपालिका –५ का ४९ वर्षीय ताराबहादुर कुमाल, लमही नगरपालिका –७ का ४० वर्षीय गोविन्द शाह, निजकी श्रीमती ३० वर्षीया राधा शाह र ९ वर्षीय छोरा आदित्य शाह रहेको प्रहरीले जनाएको छ ।
साथै, घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय बालक शिशिर खनालको पनि सोही दुर्घटनामा ज्यान गएको छ ।


विश्व खबर 



















