images
images
  • रुकुमपश्चिम जिप दुर्घटना अपडेट: ५ जनाको मृत्य, ४ जना गम्भीर घाइतेलाई हेलिकप्टरबाट नेपालगन्ज लगियो

    रुकुम- रुकुमपश्चिममा बिहीबार बिहान भएको जिप दुर्घटनामा परी गम्भीर घाइते चार जनालाई उपचारका लागि नेपालगन्ज लागेको छ।

    सानीभेरी गाउँपालिकाबाट रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप बिहान ७ बजे बाँफिकोट गाउँपालिका-८, तोरीधारामा दुर्घटना हुँदा ५ जनाको मृत्यु भयो भने १० जना घाइते भए।

    घाइतेमध्ये गम्भीर घाइतेहरू सानीभेरी गाउँपालिकाका ३० वर्षीय गाडी साहु प्रेमबहादुर बाठा मगर, सोही ठेगनाकी २० वर्षीया अनिता केसी, २० वर्षीय ललित बाठा मगर र २ वर्षीया बालक प्रसिद्ध कुसारीलाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको हो।

    अहिले उनीहरुको उपचार नेपालगन्जस्थित रुकुमपश्चिमका डीएसपी नमराज भट्टराईले जानकारी दिए।

    उक्त दुर्घटनामा सानीभेरी गाउँपालिकाका ७० वर्षीय कर्णबहादुर बाडा मगर, अन्दाजी ५० वर्षका देउचन खत्री, बाँफिकोट गाउँपालिका–८ का २२ वर्षीय रेखा खनाल (केसी), उनको छोरा रोशन केसी र सोही ठाउँकी २३ वर्षीय सितला कुसारीकी मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images