images
images
  • कृत्रिम खुट्टाको भरमा सगरमाथा चढेर विश्व कीर्तिमान बनाएका हरिको भब्य स्वागत

    काठमाडौं- दुबै खुट्टा नभएका रोल्पा थवाङका ३८ वर्षीय हरिबहादुर बुढाले सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरि आज काठमाडौं फर्किएका छन्। उनले शुक्रबार दिउँसो सगरमाथा आरोहण गरेका थिए।

    उनको स्वागत तथा सम्मानका लागि पर्यटनमन्त्री सुदन किराँती पनि विमानस्थल पुगेका थिए । मन्त्री किराँतीले दुवै खुट्टा नभएर पनि अदम्य साहस, अथक मिहेनतले विश्व शिखरमा सफल आरोहण गर्न सफल भएको भन्दै बुढामगरलाई उच्च सम्मान गर्ने बताए ।

    हरिले यो आरोहणसँगै सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडामाथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।

    कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहायताले बुढामगर सगरमाथा चुचुरोमा पुगेका हुन् । रोल्पा थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले झण्डै पाँच वर्षको प्रयासपछि सगरमाथाको सफल आरोहण गरेका हुन् ।

    budha 4

    बेलायती सेनामा जागिर खाने क्रममा ८ वर्षअघि अफगानिस्तानस्थित हेलमान प्रान्तको आक्रमणमा परी बुढाले दुबै खुट्टा गुमाएका थिए। उनले यसअघि २०१६ मा सूर्य कुण्ड हिमाल नेपाल, बेन नेभिस स्कटल्याण्ड, माउन्ट ब्ल्याडक फ्रान्स हुँदै नेपालको थोराङलापाससम्म पुगिसकेका छन्।

    अपांगता भएकाहरु असक्षम हुँदैनन् भन्ने देखाउनको लागि आफूले सगरमाथा चढेको उनले बताए। उनको काठमाडौंमा भव्य स्वागत गरिएको छ। सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समूदायले झाँकीसहित उनको स्वागत गरेको थियो।

    budha 3

    budha 2

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images