images
images
  • धारिलो हतियार प्रयोग गरि ३५ बर्षीय युवकको हत्या


    रुपन्देही । धारिलो हतियार प्रयोग गरि रुपन्देहीमा एक युवकको हत्या भएको छ । जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका मनौरा निवासी अन्दाजी ३५ बर्षीय महेन्द्र यादवको शनिवार राति हत्या भएको हो ।

    तीन सन्तानका बाबु रहेका यादवलाई घरभन्दा एक किलोमिटर पश्चिम नाला नजिकै घाँटीमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला पारिएको इप्रका लुम्बिनीका प्रहरी निरीक्षक रविन्द्र महतले जानकारी गराए ।

    मृतकलाई भीम अस्पताल भैरहवामा पोष्टमार्टम गराई आवश्यक अनुसन्धान भईरहेको महतले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images